Mission
सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि सहकारी मूल्य मान्यता सिद्धान्त अनुरुप आधुनिक प्रविधियुक्त सर्वसुलभ वित्तीय र गैर वित्तीय सेवाहरु प्रदान गर्ने ।
Vision
गुणस्तरीय वित्तीय सेवा प्रदायक सक्षम दिगो सहकारी .
Objective
१. सदस्यहरुमा स्वालम्बनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना अभिवृद्धि गर्ने । २. सदस्यहरुलाई अनुत्पादक खर्चमा कटौती गर्न अभिप्रेरित गरी नियमित बचत गर्ने बानीको विकास गर्ने । ३. सदस्यहरुको उत्पादनशिल क्षमता वृद्धि गर्न ऋण प्रवाहलाई व्यवस्थित गर्ने । ४. सेयर सदस्यहरुको खाँचो पुरा गर्न आपसमा एकजुट भई कार्य गर्न प्रोत्साहित गर्ने । ५. सदस्यहरुको आर्थिक तथा सामाजिक जिवनस्तर माथि उठाउन प्रयत्नशिल रहने । ६. उत्पादनशिल आयमूलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रवाह गर्ने । ७. समुदायको दिगो विकासका लागि सामाजिक सेवाका लागि प्रोत्साहन गर्ने । ८. सदस्यलाई व्यवसायिक बनाउन प्रयत्नशिल रहने ।.
About
About Us
मोरङ जिल्लाको तत्कालिन उर्लाबारी गा.वि.स. वडा नं.–६, हाल नगरपालिका वडा नं.–३, मंगलबारे स्थित स्थानिय गैर सरकारी संस्था स्वयम्सेवक समन्वय केन्द्रको पहल कदमीमा समाजका अग्रणी व्यक्तित्वहरुको भेलाबाट मिति २०५० साल ज्येष्ठ महिनामा प्रति कित्ता शेयर रु.५०/–मासिक बचत रु. ५०/– र अन्य शुल्क रु. १५/– गरी रु.११५/– जम्मा गरी ४१ जना शेयर सदस्यबाट यो संस्था सुरु गरियो । सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाको तत्कालिन कार्यक्षेत्र उर्लाबारी गा.वि.स. रहेको थियो । तदर्थ समितिका अध्यक्ष लगायत सञ्चालक समितिका साथीहरुको अथक प्रयासबाट २०५०/०७/२५ मा जिल्ला सहकारी कार्यालय मोरङमा दर्ता भएसंगै यो सहकारीको विधिवत् रुपमा जन्म भएको हो । यसको प्रारम्भिक साधारण सभा ४१ जना शेयर सदस्य मध्ये ३४ जनाको उपस्थितिमा श्री सुनपकुवा माध्यमिक विद्यालय उर्लाबारी–२, साविक ७ मंगलबारेमा सम्पन्न गरिएको थियो ।
विनियम अनुसार हाल संस्थाको कार्यक्षेत्र उर्लाबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिकाको वडा नं. १, देखि ७, मिक्लाजुङ्ग गाउँपालिका रहेका छन् । संस्थाले २०५० सालदेखि २०६६ सालसम्म विभिन्न स्थानिय शेयर सदस्यहरुका घरमा भाडामा कार्यालय सञ्चालन गर्दै आएकोमा २०६६ साल माघ १६ गतेदेखि ०–१–३–० क्षेत्रफलमा भवन निर्माण गरी कार्यालय सञ्चालन गरेकोे छ ।
यस्तै जिल्ला मोरङ साविक उर्लाबारी गा.वि.स. वडा नं.–१ हाल उर्लाबारी नगरपालिका वडा नं.–४ किसानचौकमा महिला समुहद्वारा ज्याला मजदुरी गरी मासिक रु. ५ का दरले संकलन गरी जम्मा गर्दै केही पुँजी संकलन पश्चात स्थानिय अगुवाहरुको सहकार्यमा २०६२ सालमा स्थानिय झाकी सहित तात्कालिक डिभिजन सहकारी कार्यालय मोरङमा सिर्जना बचत तथा ऋण सहकारी संस्था लि. नाममा दर्ता भई सञ्चालन हुदै आएको सहकारी मिति २०७७ साल माघ १० गते देखि एकिकरण भई यसै संस्थाको नाममा संयुक्त कारोबार गर्दै आएको छ । यस संस्थाले उर्लाबारी–३, सहकारी मार्गमा रहेको कार्यालयबाट विहान १०ः०० वजेदेखि वेलुकी ५ः०० वजेसम्म शेयर सदस्य तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको छ । यस्तै सेवाकेन्द्रहरु सिर्जना सेवाकेन्द्र, किसानचौकबाट प्रत्येक कार्यालय दिन विहान १०ः०० बजेदेखि बेलुकी ४ः०० बजे सम्म र सुनझोडा सेवाकेन्द्र, बलुचोकबाट प्रत्येक कार्यालय दिनको आइतबार, सोमबार र मंगलबार दिनको १ बजे देखि ४ बजे सम्म सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ ।
संस्था इन्डे साकोस तालिम र CUDCC (सञ्चालकहरुको क्षमता अभिवृद्धि) तालिम सञ्चालन गरी थप व्यवसायिक र संस्थागत हुने तर्फ अगाडि बढिरहेको छ । गुणस्तरीय सेवा प्रदान गरी सदस्य सन्तुष्टी अभिवृद्धि गर्न आ.व. २०६९/०७० देखि एशियाली मापदण्डको सहकारीको रुपमा पुर्याउन A1 Competitive Choice for Exellence in Service and Soundness (Access) अर्थात “उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वाेत्तम छनौट” कार्यक्रममा सहभागी भएको छ ।
Services
Check our Services
Contact
Contact Us
Our Address
Urlabari 3, Mangalbare, Morang, Koshi Province, Nepal
Email Us
sunpakuwasaccos@gmail.com
Call Us
021410062
Team
हाम्रो टिम
PRADIP NEUPANE
MANAGER
RAMESH GAUTAM
LOAN OFFICER
AMBIKA DAHAL
SENIOR ASSISTANT
KAMAL PRASAD HUMAGAIN
SENIOR ASSISTANT
SUDIKSHYA SUBEDI
ASSISTANT
NIRAJ THAPA
ASSISTANT
SUMITRA ADHIKARI
ASSISTANT
PRAJITA THAPA
SAVING MOBILIZER
KABITA KHADKA
SAVING MOBILIZER
ANUSH DAHAL
SAVING MOBILIZER
